काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ्ग एरियाबाट एक सय ग्राम सुनको बाला र साढे ८ लाख बढी नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गा.पा.वडा नं.४ का वर्ष ४० का प्रलाद थापा र धादिङ ज्वालामुखी गा.पा.वडा नं.३ का वर्ष ४२ का अर्जुन प्रसाद थपलिया छन् । विमानस्थल प्रहरीका अनुसार उनीहरुले बाहिरी मूलुकबाट आएका यात्रुहरुलाई भन्सार छली गर्न लगाइएको आरोप पक्राउ गरिएको हो । त्यसक्रममा थापाको साथबाट ५० ग्राम सुनको बाला र ४ लाख सैतीस हजार रुपैयाँ तथा थपलियाको साथबाट ५० ग्रामको सुनको बाला र ४ लाख ४० हजार रुपैयाँ बरामद गरिएको छ । उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि बरामद सुनको बाला र नेपाली रुपैयाँसहित राजश्व अनुसन्धान बिभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।








