काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । हाल देशको पहाडी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । तराई भू–भागमा हुसु् र कुहिरो लागेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम २ डिग्री सेल्सियस रहेको छ । आजको मौसमी तपक्रमको प्रक्षेपण अनुसार न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १ को पहाडी भू–भागको मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ। त्यसैगरी आज राती सुदुरपश्चिम प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागको मौसम मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।








