• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आज तमु ल्होसार, गुरुङ समुदायको नयाँ बर्ष, घरघरमै मनाईंदै

  •   बुधबार, पुष १५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौ‌ । आज पौष महिनाको १५ गते तमु (गुरुङ) समुदायको साँस्कृतिक चाड तमु ल्होसार । गुरुङ समुदायको परम्परागत साँस्कृतिक मान्यता अनुसार यस पटकको तमु ल्होसार मुसा बर्गलाई विदाई गर्दै गाई बर्गलाई स्वागत गरी मनाईंदैछ । तमु ल्होसार विभिन्न १२ वटा जीवजन्तुमा आधारित बर्गमा आधारित हुन्छ । जसमा गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर, मृग र मुसा रहेका छन । हरेक बर्षको षौष १५ मा एउटा वर्ग जाने र अर्को वर्ग आउने चक्र निरन्तर चलिरहन्छ । गुरुङ समुदायमा बर्गलाई बर्षको रुपमा मानिन्छ र त्यही बमोजिम गणना पनि गरिन्छ । जसअनुसार पौष १५ गते तमु समुदायले मनाउने तमु ल्होसार पर्वमा बर्ग फेरिने भएकाले आजको दिनलाई नयाँ बर्षको रुपमा पनि लिइन्छ । गुरुङ समुदायका पुरोहितहरु, बोन्पो लम, प्हच्यु, क्ल्हेप्रीले पौष १४ गते मध्यरात १२ बजे दोखदोखालो मन्साउनेदेखि लिएर ग्रह शान्तिलगायतका धार्मिक अनुष्ठान गरी पुरानो बर्गलाई विदाई गरी नयाँ बर्गको स्वागत गर्ने परम्परा छ । कतिपय स्थानमा पौष १४ गते मध्यरातमा पुजा गरिए पनि पौष १५ गतेको विहानीको झुल्के घामसंगै नयाँ बर्ग वा नयाँ बर्ष प्रारम्भ हुने मान्यता पनि रहेको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण तमुहरुले तमु ल्होसार आ–आफ्नै मान्यता, शैली र अवस्था अनुसार मनाउँदै आएको पाइन्छ । यस बर्ष कोरोना महामारीका कारण गत बर्षको जस्तो रौनक नभए पनि घर घरमै ल्होसार मनाउन तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदले आह्वान गरेको छ । काठमाडौंमा रहेको तमूहरुले अघिल्ला बर्षहरुमा टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने गरेको भएपनि यस बर्ष कोरोना संक्रमण जोखिमका कारण घरघरमै चाड मनाउन परिषदले आग्रह गरेको हो । यस पटक परिषदले भर्चुअल रुपमा मात्रै तमु ल्होसारको औपचारिक कार्यक्रम गर्ने तमू ह्युल छोंज धिं, गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले जानकारी दिए । उनले भने, “यस पटक परिषदको कार्यालयमा सीमित प्रतियोगी कलाकार भौतिक रूपमा उपस्थित गराएका छौं । नृत्य र तमु आइडल मातृभाषाको गायन प्रतियोगिता जारी छ ।” उनका अनुसार लोक दोहोरी, गीत, कविताका जस्ता प्रतियोगिता आयोजना गरिएका छन् । परिषद्ले ल्होसारको मुख्य दिन आज अनलाइनको माध्यमबाट कार्यक्रम गर्दैछ । आजको कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रुपमै शुभकामना दिने छन् । त्यसैगरी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताले समेत शुभकामना दिने छन् । जुममार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तमु संघसंस्थाहरूबीच शुभकामना आदानप्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.