टौंडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौंडाका विभिन्न स्थानमा एकतर्फी पार्किङको व्यवस्था गरेको छ । सवारी चापलाई व्यवस्थित गर्ने भन्दै ट्राफिकले यस्तो व्यवस्था गरेको हो । प्रहरीका अनुसार कान्तिलोकपथ देखि संगम चोक, लोकपिय्रमोड देखि मकवानपुर बहुमुखी क्याम्पससम्म एकतर्फी पार्किङ गर्नुपर्नेछ । त्यस्तै, ख्वपगल्लिमा पनि एकतर्फी पार्किङ गर्नुपर्नेछ । त्यहाँ बिहान ८ बजेसम्म तरकारी लोडअनलोड गरिसक्नुपर्ने प्रहरीको भनाइ छ । पछिल्लो सवारी चापका कारण बजार अस्तव्यस्त हुन थालेपछि पहिलो चरणमा एकतर्फी पार्किङको व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश पाण्डेले जानकारी दिए ।








