फाइल फोटो
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आन्द्रौलीघाट क्षेत्रमा आज भाले गैंडा मृत फेला परेको छ । निकुञ्जको कोर ईलाका (कसरा सेक्टर मातहत मेघौली रेञ्जपोष्टको क्षेत्र) अन्द्रौलीघाट क्षेत्रमा करिब २५ देखि ३० बर्षको भाले गैंडा प्राकृतिक कारण मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । सो गैँडा उमेर पुगी कालगतिले मरेको आँकलन गरिएको उनले बताए । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको र गैडाको नियमानुसार पोष्ट मार्टमका लागि आवश्यक नमूना परिक्षणका लागि भेटेरेनरी शाखा पठाईएको छ । यस भाले गैँडाको मृत्युसंगै निकुञ्जमा चालु आर्थिक बर्ष २०७७÷७८ को हालसम्म (चोरी शिकारका कारण ४ र प्राकृतिक कारण १५ गरी) जम्मा १९ वटा गैडाको मृत्यु भएको छ । आज मृत भेटिएको गैंडा निकुञ्ज कार्यालयको नियमित निगरानीमा रहेको अधिकारीले बताए ।








