चितवन । तमू ल्होसार पर्व अर्थात पुसे पन्ध्र बुधवार चितवनमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ । गुरुङ समुदायले कोरोनाको स्वास्थ्य सावधानी अपनाउँदै गुम्बाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरि तमू ल्होसार पर्व मनाएका हुन् । भरतपुर महानगरपालिका–२९ स्थित भोर्लेमा रहेको चन्द्र सुर्य बौद्ध गुम्बामा गुरुङ समुदायले एक कार्यक्रमको आयोजना गरि तमू ल्होसार पर्व मनाएका छन् ।
भोर्ले आमा समुहको आयोजनामा गरिएको कार्यक्रममा गुरुङ समुदायका घाँटु नाँच, चुड्का नाँच लगायतका विभिन्न सांस्कृतिक प्रदर्शन देखाईएको थियो । देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष एंवम् बरिष्ठ समाजसेवी टंकनाथ पौडेल कार्यक्रमका प्रमुख अतिथि रहनुभएको थियो । सो कार्यक्रममा उहाँले आफ्नो धर्म संस्कृति बचाई राख्नुपर्ने धारणा राख्नुभयो । उहाले गाँउको बिकासमा राजनितीक नगरीकन सबैलाई सटेर आफुले बिकासका जोडदिने पौडेलले बताउनु भयो । बौद्दगुम्वा संरक्षणको लागि भन्दै उहाँले २१ हजार सहयोग समेत गर्नुभएको थियो । सो अवसरमा उहाँले श्रीमद्भागवत गिता समेत प्रदान गर्नुभयो । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउने गर्दछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । भोर्ले आमा समुहकी अध्यक्ष गौँमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक राजेश्वर खनाल, भरत गुरुङ, सुर्य गुरुङ, लक्ष्मण गुरुङ लगायतले मनतव्य राख्नुभएको थियो ।
भरतपुर महानगरपालिका–२९ स्थित भोर्लेका गुरुङ समुदायले तमू ल्होसार पर्व मनाए
भरतपुर महानगरपालिका–२९ स्थित भोर्लेका गुरुङ समुदायले तमू ल्होसार पर्व मनाए
- अ
- अ
- अ








