चितवन । नेपाली काङ्ग्रेस चितवनले ४३ औं मेलमिलाप दिवसको अबसरमा वृहत कार्यक्रम गर्ने भएको छ । काङ्ग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठका अनुसार बिपिको मेलमिलाप र आजको सन्दर्भ बिषयक विचार प्रवाह कार्यक्रम गर्न लागेको हो । उहाँका अनुसार वि. सं. २०३३ सालमा बिपि कोईराला, गणेशमान सिंह, सैलजा आचार्य, खुम्बहादुर खड्का लगाएतका नेताहरु सहित मेलमिलापको निति लिएर फर्किएको दिनलाई सम्झना गर्दै हरेक वर्ष काङ्ग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ । तत्कालीन पञ्चायतको ८ वटा मुद्धा हुँदा पनि मेलमिलापको निति लिदै राष्ट्रभन्दा ठूलो कुरा केही हुँदैन भनेर पुस १६ गते नेपाल फर्किएको दिनलाई सम्झनामा काँग्रेसले मेलमिलाप दिवस मनाउन थालेको हो । यसै दिनको सम्झनामा आयोजना गर्न लागिएको सो कार्यक्रममा नेपाली काँग्रेसका पूर्ब महामन्त्री प्रकाशमान सिंहले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । भरतपुरको होटल स्टार वैंक्वूटमा आयोजना गर्न लागिएको सो कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य वद्रि पाण्डेले समेत बिचार राख्ने कार्यक्रम रहेको छ ।








