काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ ।हाल देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै देशका बाँकी भू–भागको मौसममा सामान्यतया सफा रहेको छ।आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेको छ भने २ डिग्री सेल्सियसको जस्तै अनुभूत भएको छ । आजको न्युनतम तापक्रम ३ डिग्री सेल्सियस रहनेछ भने अधिकतम तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १ को मौसममा आंशिक बदली हुनेछ ।त्यस्तै लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।त्यसैगरी आज राती प्रदेश १ को मौसममा आंशिक बदली हुने सम्भावना रहेको छ ।त्यस्तै सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।








