चितवन। भरतपुर महानगरपालिका-११ अवस्थित मालपोतचोकमा भरतपुर रेसिडेन्सी सञ्चालनमा आउने भएको छ । विदेशमा सिकेको सिप र लगानी स्वदेशमा नै लागउनुपर्छ भन्ने उद्देश्यले ६ जना युवाहरुको करिब ९६ लाखको लगानिमा ४ तले भवन निर्माण गरि रेसिडेन्सी सञ्चालन गर्न लागिएको हाे। नयाँ वर्ष २०२१ काे अवसर पारेर सञ्चालनमा ल्याउन लागिएको रेसिडेन्सीकाे २० गते अाैपचारिक रुपमा उद्घाटन गरेर सञ्चालनमा ल्याउन लागिएको सञ्चालक समुन्द्र अर्यालले बताउनु भयो । विदेशबाट फर्किएका २ जना र स्वदेशमा नै रहेका ४ जाना युवाहरु समुन्द्र अर्याल , भोजबहादुर खड्का ,रविन्द्र गुरुङ्ग, शंकर रिजाल , किशोर सुवेदी र जगत भट्टराईको लगानी रहेको छ । रेसिडेन्सिमा पक्कु, भुटुवा , भुटन लगायतका टिपिकल नेपाली खानाका परिकार सहित , अावासकाे व्यवस्था समेत रहकाे छ । एक दिनमा करिब ५० जनासम्मलाई राख्न सक्ने क्षमता रहेको सो रेसिडेन्सीमा डिलक्स ,स्वीट र नर्मल गरि १४ वटा रूमहरु रहेका छन् । रेसिडेन्सीमा आउने ग्राहकले चाहेको खण्डमा आफै खाना बनाएर खान सक्ने गरि अपार्टमेन्टकाे व्यवस्था गरिएको छ । सामान्यतया बास बस्नेहरुका लागि १८ सय देखी ३५ सय सम्मका रुमहरु रहेको र ४ हजार देखी ६ हजार सम्मका अपार्टमेन्टहरु रहेको सञ्चालक शंकर रिजालले बताउनुभयो ।








