काठमाडौँ । आज आठौँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । शुक्रवार काठमाडौंको माइतीघर मण्डलामा ‘हाम्रो शान हाम्रो स्वाभिमान राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ सद्भाव र्याली निकाली पोशाक दिवस मनाइएको छ ।
र्यालीका सहभागीहरुले हातमा नेपाली झन्डासहित पुरुषहरूले दौरा–सुरुवालसहित ढाकाटोपी पहिरेका थिए भने महिलाहरूले गुन्यूचोली लगाएका थिए । बि.सं. २०७० साल पौष १७ गते गतेदेखि यस दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउन थालिएको हो ।








