• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवनको ऐतिहासिक पर्यटकीयस्थल उपरदाङ्गगढी जानका लागि नयाँ सडक खुल्यो

  •   शुक्रबार, पुष १७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–७ मा रहेको ऐतिहासिक पर्यटकीयस्थल उपरदाङ्गगढी जानका लागि नयाँ सडक खुलेको छ । उक्त नयाँ सडक खुलेसँगै अब नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित भोर्लेबाट पनि उपरदाङ्गगढी जान सकिने भएको छ ।

    भोर्लेबाट चौकीडाडाँ, दाहाखानी, सानो भोर्ले, कापे हुँदै उपरदाङ्गगढी पुग्न सकिने उक्त सडकको नयाँ ट्र्याक जोडिएको हो । उक्त नयाँ सडकको बिहीबार एक कार्यक्रमका बीच इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले उद्घाटन गर्नुभयो । अध्यक्ष गुरुङले आफ्नो गाउँपालिका भौगोलिक हिसाबले निकै कठिन भए पनि गाउँपालिकाभित्रका सबैजसो गाउँ सडक सञ्जालले जोड्न सफल भएको बताउनुभयो । उहाँले ऐतिहासिक पर्यटकीयस्थलको रूपमा परिचित चितवनको पुरानो सदरमुकाम उपरदाङ्गगढी आउनकै लागि अब टाँडी हुँदै शक्तिखोरबाट मात्र आउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।

    यस्तै नयाँ ट्र्याक खुलेपछि स्थानीयवासीको दैनिक जीवनयापनमा हुने कठिनाइलाई पनि सजिलो बनाउँदै लैजाने उहाँले बताउनुभयो । वडाध्यक्ष बमबहादुर रानाले वडा नं ७ मा सडक सञ्जालले छुन बाँकी कुनै पनि गाउँ नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “वडामा सडक सञ्जालले छुन बाँकी कुनै पनि गाउँ छैनन्, यसैले अब सडक स्तरोन्नति र कालोपत्र गर्नतिर ध्यान लगाउनेछौँ ।” यतिमात्र नभई खानेपानी र विद्युतीकरण गर्न बाँकी रहेका गाउँमा सडक सञ्जालले छोएसँगै उक्त कामका लागि समेत ध्यान दिइने उहाँले बताउनुभयो ।

    भोर्लेबाट दाहाखानी हुँदै उपरदाङ्गगढीसम्म करिब ३६ किलोमिटर दूरी रहेको उक्त सडकको इच्छाकामना गाउँपालिका खण्डकमा पर्ने दाहाखानीबाट उपरदाङ्गगढीसम्म करिब १२ किलोमिटर सडक गाउँपालिका र वाग्मती प्रदेश सरकारको रु एक करोड करोड २५ लाखको लागतमा निर्माण गरिएको हो । जसमा इच्छाकामना गाउँपालिकाले तीन आर्थिक वर्षमा रु ७३ लाख वाग्मती प्रदेश सरकारले रु ३८ लाख बजेट लगानी गरेको दाहाखानी उपरदाङ्गगढी मोटरमार्ग निर्माण उपभोक्ता समितिका सचिव विर्ष गुरुङले जानकारी दिनुभयो । उक्त सडकले सालठाना, सानो भोर्ले, कापेलगायत स्थानीयवासीलाई सहज हुने भएको छ ।(रासस)

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.