चितवन । भीसान नवलपरासीको छात्रवृत्ति अक्षयकोष सहयोगार्थ आयोजना गरिएको एक कप चिया अभियानबाट ८९ हजार रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ । सामाजिक संस्था हर्ट टु हर्ट ले आयोजना गरेको आभियानबाट ८९ हजार १० रुपैयाँ संकलन भएको अभियानका सदस्य शेरबहादुर पौडेलले जानकारी दिनुभयो । शुक्रबार आयोजित एक कप चिया अभियान सञ्चालनका लागि लागेको खर्च चितवन कम्युनिकेशनका सञ्चालक गोविन्द पराजुलीले गर्नुभएको पौडेलले बताउनुभयो । आफ्नो जन्म दिनको अवसर पारेर पराजुलीले अभियान सञ्चालनका लागि भएको खर्च व्यहोर्नुभएको पौडेलले बताउनुभयो । अभियानका क्रममा ब्यानर स्पोन्सरबाट ५५ हजार रुपैयाँ तथा चियाको स्टलबाट १९ हजार १० रुपैयाँ संकलन भएको पौडेलले बताउनुभयो ।
त्यस्तै नारायणी मोटर्सले समेत १५ हजार रुपैयाँ थप गरेको उहाँले बताउनुभयो । हर्ट टु हर्टले आयोजना गरेको यो पाँचौँ अभियान हो । यसअघि पूर्वी चितवनमा रहेको सानो घरका लागि दुई पटक, पूर्वी जिल्लाको एक पटक र देवघाटमा रहेको वृद्धाश्रमको भोजनालय निर्माणका लागि एक पटक अभियान सञ्चालन गरिएको पौडेलले बताउनुभयो । शुक्रबार नारायणगढको नारायणी मोटर्स अगाडि सञ्चालन गरिएको अभियानबाट संकलन भएको रकम भीसान नवलपरासीलाई केही दिनपछि हस्तान्तरण गरिने बताइएको छ । अभियानको संयोजन द ग्रिनपार्क रेष्टुरेन्ट, गुरु सफ्टवयर, नारायणी मोटर्स तथा चितवन कम्युनिकेशन रहेका थिए भने सहयोगीको रुपमा देवचुली इन्जिनियरिङ वर्क्स्, जमघट रेष्टुरेन्ट, चितवन कम्प्युटर, म्याट्स एजुकेशन, लोटस आल्मुनियम र ग्रेस इन्टरनेशनल रहेका थिए ।
छात्रवृत्ति अक्षयकोष सहयोगार्थ ‘एक कप चिया’ अभियान
छात्रवृत्ति अक्षयकोष सहयोगार्थ ‘एक कप चिया’ अभियान
- अ
- अ
- अ








