नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विनयी खोलामा नदीजन्य पदार्थ जोरी निकासी गरेको अवस्थामा शनिबार ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार शनिबार जिल्ला प्रहरी कार्यालय नवलपुर र इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले विहान करिव ४ बजेको समयमा ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको बताउनु भएको छ ।
प्रहरीले लु ३ त ७४५ , लु ४ त १८९७ , लु ३ त ५९०५ , ना ७ त २१५० , लु ४ त ५२६२ , लु ४ त ९१११ , लु ३ त १४३१ , र नम्बर नखुलेको १ वटा ट्याक्टर गरी ८ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो । नवलपुरको विनयी खोलाबाट अहिले अवैध नदीजन्य पदार्थ चोरी निकासी गर्ने ट्याक्टरहरुलाई प्रहरीले नियन्त्रणमा लिने क्रम अत्याधिक बढेको छ ।








