काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले दुई अंकको सिट ल्याएर देखाउन नेकपाको संस्थापन पक्ष प्रचण्ड नेपाललाई चुनौती दिएका छन् ।
नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालतर्फ लक्षित गर्दै उनले वैशाख १७ र २७ गते कता बहुमत छ र कसले कसलाई पार्टीबाट निकालेको रहेछ हेरौँला भन्दै चुनौती दिएका छन् ।
ओलीले प्रचण्ड–माधवलाई पदको पछाडि दौडिरहेको आरोप लगाएका छन् । उनले पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरे । आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिए ।








