हेटौंडा । मकवानपुरमा आजको दिनमा ३३ जना सक्रिय कोरोना भाइरस संक्रमित उपचाररत रहेका छन् । जसमा ३१ जना संक्रमित घरमा र २ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाकारी दिएको छ । सक्रिय संक्रमितहरुमा ३१ जना हेटौंडा उपमहानगरपालिकाका र मनहरी तथा मकवानपुरगढी गाउँपालिकाका १/१ जना रहेका छन् ।
मकवानपुरमा हालसमम कोरोना पुष्टि हुनेको संख्या ३ हजार ८ सय २० जना रहेका छन् । जसमा ३ हजार ७ सय ५४ जना संक्रमण मुक्त अर्थात निको भइसकेका छन् । पछिल्लो २ दिनमा मकवानपुरमा ९ जना सक्रिमित संक्रमण मुक्त भए संगै कोरोना मुक्त हुनेको संख्या ३ हजार ७ सय ५४ पुगेको हो ।
यसैगरि शुक्रबार मकवानपुरमा ३ जनामा संक्रमण पुष्टि भएको थियो । पुष्टि हुने तीन जनानै हेटौंडा उपमहानगरपालिकाका रहेका थिए । मकवानपुरमा कोरोनाको कारण हालसम्म ३२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ जना हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका र मनहरी गाउँपालिकाका २/२ जना तथा बकैया र बागमती गाउँपालिकाका १/१ जना रहेका छन् ।








