काठमाडौं । प्रचण्ड–नेपाल समुहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई क्रमशःनेकपा लुम्बिनी र गण्डकी प्रदेश ईन्चार्जबाट हटाएको छ।
आज नेकपा अध्यक्ष माधव कुमार नेपाल को नेतृत्वमा नेकपा स्थायी कमिटी बैठकले पोखरेल र सुब्बालाई हटाएर लुम्बिनी र गण्डकी प्रदेशको नयाँ इन्चार्ज तोकेको छ।
बैठकले लुम्बिनी प्रदेशको इन्चार्ज रहेका शंकर पोखरेललाई हटाएर युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ भने गण्डकी प्रदेशको इन्चार्ज रहेका पृथ्वी सुब्बा गुरूङलाई हटाएर देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ।त्यसैगरी गण्डकी प्रदेश सहइन्चार्जमा तुल बहादुर गुरूङलाई र प्रदेश सचिवको जिम्मेवारी श्रीमाया थकालीलाई चयन गरेको छ।








