काठमाडौं । महानगरीय प्रहरी वृत्त, थानकोटमा कार्यरत प्रहरी निरीक्षक गायत्रीराज शर्मालाई निलम्बन गरिएको छ । मुद्दा फाँटमा कार्यरत शर्मालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले निलम्बन गरेको हो । शर्मामाथि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अभियोग लागेको छ । शर्मालाई निलम्बन गरिएसँगै छानविनका लागि छुट्टै समिति बनाउने तयारी छ ।
कलंकीमा भएको एक दुर्घटनामा अनुसन्धान प्रतिवेदन ढिला बुझाएर नियमित प्रक्रियालाई लम्ब्याएको अभियोग शर्मामाथि छ । त्यसवापत उनले हिरासतमा रहेका व्यक्तिका निकटस्थसँग रकम लिएको आरोप छ ।








