काठमाडौं । चार किसान संगठनले सरकारले कृषि क्षेत्रमा बिदेशी लगानी भित्र्याउने र यसरी नेपाली कृषिलाई बैदेशिक बित्तीय पूँजीमातहत सुम्पिने कदमप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
अखिल नेपाल किसान महासंघ (अप्फा),अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) अखिल नेपाल किसान यूनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सो निर्णय तत्काल फिर्ता गर्नसमेत माग गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘नेपाली किसान र कृषि ब्यवसायीलाई धरासयी तुल्याउने,बिस्थापित गर्ने र बिदेशी बहुराष्ट्रिय पूँजीलाई स्थापित गर्ने यस्तो कृषि र किासनमारा खतरनाक कदमको हामी जोडदार बिरोध गर्दछौं तत्काल यो निर्णय फिर्ता लिन माग गर्दछौं ।
‘ ५० करोडभन्दा माथिका लगानीका पशुपन्छी पालन, माछा पालन, मौरी पालन, फलफूल, तरकारी, तेलहन, दलहन तथा दुग्ध व्यवसायलगायतका कृषि क्षेत्रका प्राथमिक उद्योग धन्धा र व्यवसायहरु नराम्रोसँग प्रभावित हुने विज्ञप्तीमा उल्लेख छ ।








