काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै विरोध जनाएका छन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध खरो उत्रिएका श्रेष्ठले यस्तो बताएका हुन् ।
‘कसैले भन्न सक्छ यो संवैधानिक छरु हामीले त्यतिबेला राष्ट्रिय राजनीतिक सहमति गरेका थियौं।’ उनले भने, ‘यो सबैलाई थाहा छ। सबै जनतालाई थाहा छ। तर, यति हुँदाहुँदै पनि असंवैधानिक काम गरियो’ नेपालको संविधानको पुस्तक हातमा लिएर आफ्ना कुरा राखेका श्रेष्ठले संसद् विघटन सरकार बन्ने सबै विकल्प सकिएपछिको प्रधानमन्त्रीको दायित्व भएको सम्झाए। ‘यो संवैधानिक भन्न कसैले सकेका छैनन्।
तर, हाम्रो प्रधानमन्त्री र उनका समर्थनले राजनीतिक बाध्यता भएको भन्दै संविधानमाथि आक्रमण गर्न पाउँदैनन्,’ उनले भने, ‘पार्टीमा एकता कायम गर्न छलफल भए पनि प्रधानमन्त्रीले गलत गर्दै गए।’ श्रेष्ठले प्रधानमन्त्रीको तर्क मृत्युपछि पाउने सम्पत्तिसँग तुलना गरे। ‘कुनै मान्छेको मृत्युपछि वा शेखपछि सम्पत्ति प्राप्त गर्ने बुँदा फेला पर्यो भने उक्त मान्छेलाई मारेर सम्पत्ति दिने भन्ने अर्थ लाग्छ ?’ श्रेष्ठले भने । प्रधानमन्त्रीले पार्टीको आन्तरिक मामिलालाई हेरेर व्यक्तिको स्वार्थ हेरेर संविधानमाथि यस्तो गर्न नपाइने श्रेष्ठको भनाई छ ।








