चितवन । नेपाली काग्रेश चितवन क्षेत्र नम्वर १ प्रदेश क ले राप्ती नगरपालिकाको बीरेन्द्रनगरमा शनिवार विरोध कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटन गरेको विरोधमा काग्रेश प्रदेश १ ख ले विरोध कार्यक्रम गरेको हो । विरोध सभालाई सम्वोधन गर्दै काग्रेश नेता रामहरी खतिवडाले प्रधानमन्त्रीले संसदको हत्या गरेको टिप्पणी गरे ।
जनताले गलत ठाउँमा मतदान गर्दा संसदको हत्या भयो नेता खतिवडाले भने – अव जनताले गल्ती नदोहोर्याउनेमा विश्वस्त छु । प्रतिनिधी सभा विघटनपछि सर्वोच्व अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेकाले अदालतले गर्ने निर्णय आफुहरुलाई मान्य हुने उनले वताए । नेता खतिवडाले चितवनबाट अव कम्युनिष्टलाई स्वाहा पार्ने उद्घोष गरे । स्थानीय तहको निर्वाचनमा तत्कालिन माओवादीलाई सहयोग गरेर गल्ती गरेको भन्दै नेता खतिवडाले अव त्यस्तो गल्ती नदोहोर्याउने समेत वताए ।
नेपाली काग्रेश चितवन क्षेत्र नम्वर १ प्रदेश क का सभापति देवेन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेश जिल्ला सहसचिव सुर्य अर्याल,चितवन क्षेत्र नम्वर १ प्रतिनिधी सभा सदस्यका उम्मेदवार काग्रेश नेता राजेन्द्र प्रसाद वुर्लाकोटी,काग्रेश महासमिति सदस्य शुशिला उप्रेती लगायतले मन्तव्य राखेका थिए ।








