काठमाण्डौ । शाही शक्ति नेपालको बृहत भेला काठमाण्डौमा आज सम्पन्न भएको छ । भेलाले संगठनका भावि कार्ययोजना तथा संगठन सुदृणीकरण लगाएतका बिषयहरुमा बहस गर्दै परिचयात्मक कार्यक्रम आज सम्पन्न गरेको हो । राजतन्त्र पुनर्बहाली लगाएत हिन्दुराष्ट्र कायम गर्न बिभिन्न अन्य समान धारणा बोक्ने शक्तिहरुलाई समेत एउटै बृहत्तर संगठनमा समाहित गर्ने लक्ष राखेर गठन भएको शाहि शक्ति नेपाल आफ्नो स्थापना काल देखि नै यसैको प्राप्तिका लागि आन्दोलनरत छ । परिचय सहितको उक्त कार्यक्रमलाई संस्थापक संरक्षक मुनिन्द्र राजभण्डारीले अध्यक्षता गरेका थिए भने कार्यक्रम संयोजन तथा संचालन संगठनका सचिव कृष्णराज अर्यालले गरेका थिए ।कार्यक्रममा कोषाध्यक्ष नकुल बुडाथोकी,देशभक्त नेपाल पाटीका प्रतिनिधी तथा आर टि एफ का संयोजक राजा खतिवडा लगाएतको उपस्थिती रहेको थियो ।राजतन्त्रप्रति सद्भाव राख्ने अन्य बिभिन्न संघसंस्थाका बिभिन्न ब्याक्तिहरुको समेत बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा परिचय सहित कार्यक्रम अगाडी बढाईएको थियो ।कार्यक्रममा पुनर्उत्थानवादी शक्ति नेपालका केशरजंग रायमाझी समेतको उपस्थिती रहेको थियो। कार्यक्रममा युवा संगठन विभाग प्रमुख सुनिल कुमार क्षेत्रीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने स्वागत मन्तब्यकै क्रममा क्षेत्रीले अहिलेको राजतन्त्र एक्काईसौं सताब्दीको युग सुहाउंदो हुने र त्यसैको आधारमा राजसस्था स्थापित हुनु पर्ने बताएका थिए ।भिडियो सामाग्री सहित अन्य बक्ताहरुको भनाई समावेस छ ।








