चितवन । चितवन राष्ट्रिय निकुञ्जमा ६ महिनाको अवधिमा २० गैंडाको मृत्यु भएको छ । चालु आर्थिक बर्ष ०७७÷७८ को हालसम्म चोरी शिकारी, प्राकृतिक लगायत विभिन्न कारणले २० गैंडाको मृत्यु भएको निकुञ्जले जनाएको छ । हिजो शनिबार पनि कावासोती नगरपालिकाको कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा गैंडाको पोथी बच्चा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । करिब २ देखि ३ महिनाको गैंडाको पोथी बच्चा प्राकृतिक कारण मृत अवस्थामा भेटिएको उनले बताए । मृत गैंडाको ब्रम्हखाग र खुर सुरक्षित रहेको उनले बताए ।








