फाइल तस्विर
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिनायकवादी चरित्र प्रदर्शन रोक्न चेतावनी दिएको छ । आइतबार पेरिसडाँडमा बसेको नेकपा सचिवालय बैठकले ओलीको पछिल्लो चरित्र अधिनायकवादी र निरंकुश कदम ठहर गर्दै त्यस प्रकारको चरित्र तत्काल रोक्न चेतावनी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
ओलीले पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको भन्दै नेकपाले आपत्तिसमेत जनाएको छ । संसद विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीद्वारा जारी वक्तव्यमा ओलीले आलोचना गरेका थिए । त्यसपछि आज बसेको नेकपाको बैठकले पूर्वप्रधानन्यायाधीशहरुले नागरिकको हैसियतमा बोल्दा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले सरकारी सञ्चार माध्यमहरु एउटा गुटको पर्चा जस्तो भएको भन्दै आपत्तिसमेत जनाएको छ ।
संवैधानिक अधिकार र स्वतन्त्रताका लागि सबैलाई एकजुट गर्न र रक्षा गर्न आव्हान गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।








