• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. बिचौलियाको मारमा किसान

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राजसंस्थाले मात्रै देश जोगाउँछ: राप्रपा चितवन

  •   सोमबार, पुष २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर चितवनमा झाँकी सहितको पदयात्रा निकालिएको छ । केन्द्रीय बस ट्रमिनलबाट निस्केको पदयात्रा हाकिमचोक–चौविसकोठी–मालपोत चोक–हुलाकचोक हुदै पुनः बस ट्रमिनल पुगेको थियो । पदयात्रामा राजसंस्था, हिन्दुराष्ट्रको पक्षमा नारा लगाइएको थियो । पदयात्रामा थारु, तामाङ, मगर लगायतका जातजातीको सांस्कृतिक झाँकी निकालिएको थियो । पञ्चैबाजाको समूह समेत पदयात्रामा सहभागि बनेको थियो ।

    राप्रपा चितवनले आयोजना गरेको सो कार्यक्रममा विभिन्न धार्मिक संघसंस्था तथा राष्ट्रवादी समूहले एक्यवद्धता जनाएका थिए । बस ट्रमिनलमा भएको पृथ्वीजयन्ती सभामा बोल्दै राप्रपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङले चितवनबाटै राजसंस्थाको पक्षमा बिगुल फुक्ने कामको सुरुवात भएको बताउनुभयो । “पृथ्वीनारायण शाहले एक गरेर बनाएको सुन्दर नेपाललाई ७ चिरा पार्ने काम भएको छ”, उहाँले भन्नुभयो, “जनताले करको भार, गरिबी पाए, चमात्कारिक विकास पाउन सकेनन्, अब राजसंस्थानै उचित विकल्प हो ।”

    उहाँले विभिन्न दलका नेताले राष्ट्रिय स्वाभिमान गिराउने गरी छिमेकी राष्ट्र समक्ष शिर झुकाउदै आएकाले राष्ट्रको रक्षाका लागि राजसंस्थानै चाहिएको बताउनुभयो । “हिन्दुराष्ट्र र राजसंस्था कायम गर्न जस्तोसुकै आन्दोलन गर्न तयार छौँ”, उहाँले भन्नुभयो, “सरकारले फेरी पनि सुनोस्, राजसंस्था कायम गर ।” राप्रपाका बागमती प्रदेश सदस्य ज्ञानजंग लामाले पृथ्वीनारायण शाहले एकिकरण गरेको देशलाई भागबण्डा गरेर खाने प्रवृत्ति विरुद्ध जनता जागेको बताउनुभयो ।

    राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले गणतन्त्रप्रति जनतामा आएको वितृष्णाको वेगले राजसंस्थालाई स्थापित गर्ने दाबी गर्नुभयो । शाही शक्ति नेपाल भरतपुरका अध्यक्ष सहुलमियाँ अन्सारीले पृथ्वीनारायण शाहले रगत पसिनाले जोगाएको देशलाई राष्ट्रवादी शक्तिलेमात्रै जोगाउन सक्ने बताउनुभयो । प्रमुख वक्ताका रुपमा राप्रपाका बरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे सहभागि हुने भनिएपनि प्रतिकुल मौसमका कारण आउन नसक्नुभएको राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले जानकारी दिनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.