काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि सुनुवाइ शुक्रबारसम्मका लागि सरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएपछि अर्को पेसी शुक्रबारका लागि तोकेको हो। बुधबार सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गरेका थिए। रिट निवेदकतर्फका थापाले मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने बहस गरेका थिए। तर, सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन असहमत जनाएको थियो । बुधबारको संवैधानिक इजलासमा सपना प्रधान मल्ल बाहेकका न्यायाधीश यसअघिकै दोहोरिएका थिए। हरिकृष्ण कार्कीको इजलास छाड्ने घोषणापछि उक्त ठाउँमा मल्ल आएकी हुन्।








