काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेका छन् । पार्टीका केन्द्रीय सचिवालय सदस्यसमेत रहेका बाँस्तोलालाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र विश्वाशलाई प्रहरीले पक्राउ गरेको छ ।








