काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुकबार प्रतितोलामा ४ सयले बढेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रपैयाँले बढेर एक हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








