चन्द्रोटा । कपिलवस्तुमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको शिवराज नगरपालिका–१चैनपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नम्बरको ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारू रहेको र उनको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।ठक्कर दिने ट्रक तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ।








