काठमाडौं । हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागका केही स्थानमा र तराईका अधिकांश स्थानमा हुस्सु(कुइरो लागि रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सफा रहनेछ। प्रदेश १ का पहाडी भू–भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू(भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।








