चितवन । सवारी दुर्घटना न्यूनिकरण र अनुसन्धानका लागि पुर्वीचितबनमा अन द स्पट नम्बर लेख्न कार्यक्रम गरिएको छ । पुर्वीचितबन एरिया भएर चल्ने ट्रक,टिप्पर र ट्याक्टरमा नम्बर प्लेट चेक जाँच गरी नम्बर अस्पस्ट भएका र नम्बर नै नभएका ४० वटा सवारी साधनहरुलाई स्पटमा नै नम्बर लेख्न लगाई ट्राफिक नियम बमोजिम आवाश्यक कारवाही समेत गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दया कृष्ण भट्टले जानकारी दिनुभयो ।
सवारी साधनको आवतजावत गर्नेको संख्यामा वृद्धि हुँदै गइरहेको कारण सबारी दुर्घटनामा समेत बृद्धि हुन लाग्दा नागरिक सचेतना तथा ट्राफिक व्यवस्थापन गर्न विभिन्न अभियान चलाउदै आएको जानकारी दिनुभयो ।
सवारी दुर्घटना न्युनिकरण गर्न आउने ट्राफिक प्रहरीले विशेष योजना बनाएर काम गरिरहेका कारण सवारी दुर्घटनामा कमी आउने उहाँले बताउनुभयो ।








