चितवन । चितवनको भरतपुरस्थित बाइपासरोडमा शंकास्पद बस्तु फेला परेको छ । आज दिउँसो करिब १२ः३० बजे बाइपास रोडमा रहेको आँखा अस्पताल अगाडि सो बस्तु फेला परेको हो । सेतो कागजमा खतरा लेखी रातो कपडाले बाधिएको अवस्थामा बाटोमानै सो बस्तु रहेको छ ।
उक्त बस्तु बम हो वा होइन भनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै नेपाली सेनाको बम डिष्पोजल टोलीसँग समन्वय समेत गरीरहेको चितवन प्रहरीका प्रबक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।
अहिले सो स्थानमा सर्बसाधारणको भिड लागेको छ भने सो सडकमा यातायात संचालनमा पूर्णरुपमा रोक लगाइएको छ । अहिले जिल्लाबाट खटिएको नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिती रहेको छ ।
आज प्रतिवन्धीत विप्लव नेकपाले आज नै नेपाल बन्द घोषणाको दिन उक्त बस्तु फेला परेको हो । तर उक्त शंकाष्पद बस्तु विप्लव निकटहरुले राखेको वा अन्यले भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








