काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा ३ सयले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ९२ हजार १ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने यथावत् रहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








