काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ४ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३ सय रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








