हेटौँडा । आज युनिलिभर फिडर अन्तर्गत हेटौँडा वडा नम्बर ३,११र १९ ,मनहरी वडा नम्बर-१ बाहेक सबै वडा र राक्सिराङ र कैलाश तर्फ जाने लाइनमा ३ घण्टा विद्युत कतौटी हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले बुधबार सूचना जारी गर्दै युनिलिभर फिडर अन्तर्गत उक्त स्थानमा मध्यान्ह १२ बजेदेखि ३ बजे सम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
केन्द्रले हेटौँडा-१ चौकिटोल र राप्तीबगरमा ११ के भि अन्तर्गत ढल्न लागेका पोलहरु मर्मत सुधारको कार्य गर्नुपर्ने भएकोले आज ३ घण्टा विद्युत कतौटी हुने जनाइएको छ।









