बकैया । पूर्वी मकवानपुरको बकैया-४ को छतिवनमा भएको दुर्घटनामा गम्भिर घाईते भएका ७ जनालाई थप उपचारको लागि हेटौंडा पठाईएको छ ।
आज बिहान भएको दुर्घटना बसमा ३० जना यात्रु रहेको प्रहरी चौकी हात्तीसुँडेका सहि दमन तामाङले जानकारी दिए । उनले घाईते भएका मध्य गम्भिर घाईते भएका ७ जनालाई थप उपचारको लागि हेटौंडा पठाईएको बताए ।
अन्य घाईतेहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र गरगरे भईरहेको प्रहरीले जनाएको छ । घियाँलबाट हेटौंडा आउँदै गरेको ना ३ ख ३३४४ नंबरको बस छतिवनमा दुर्घटना भएको थियो । दुर्घटनाको विषयामा थप अनुसन्धान भईरहेको प्रहरी चौकी हात्तीसुँडेले जनाएको छ ।








