चितवन । भरतपुर महानगरपालिकाले प्रधामन्त्रीले शिलान्यास गर्ने २ कार्यक्रममा आफू सहभागी नहुने जनाएको छ। गोन्द्राङ- नारायणगढ ६ लेन सडक र सिटिहलको भोलि प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम तय भएकोमा सो कार्यक्रममा महानगरपालिका सहभागी नहुने जनाएको हो । आज शुक्रबार पत्रकार सम्मेलन गरि शिलान्यासमा कार्यक्रममा आफ्नो असहमति रहेको भरतपुर महानगरपालिका कि प्रमुख रेनु दाहालले बताउनुभयो ।
उहाँले गोन्द्राङ- नारायणगढ ६ लेन सडक र सिटिहलको शिलान्यासका लागि भरतपुर महानगरपालिकाले माघ १४,२७ र पुस १० गते शिलान्यास गर्न समय माग गर्दा समय उपलब्ध नगराई अहिले महानगरलाई जानकारी नगराई शिलान्यास गर्न लागेको बताउनुभयो । उहाँले स्थानीय सरकारको अधिकारमाथि ठाडो हस्तक्षेप महसुस गरेको बताउनुभयो ।उहाँले दुई ठूला आयोजनाको परिकल्पनाकार भरतपुर महानगर नै भएको जानकारी दिनुभयो। महानगर प्रमुख दाहाले गोन्द्राङ नारायणगढ ६ लेन सडक र केन्द्रले सिटिहल को शिलान्यास गरेर प्रतिष्ठाको बिषय बनाएपनि यि परियोजनामा महानगरको सक्रियता कम नहुने प्रष्ट पानुभयो ।
एकदिन आएर ढुङ्गामा फुल चडाउदैमा सरकारको दाहित्व पूरा नहुने उहाँले बताउनुभयो । अहिलेसम्म कहि केहि शिलान्यास गर्न नपरेको र जब निर्वाचनको समय घोषणा गरेर शिलान्यासको बाहानामा देश दौडाहामा निस्केको समेत आरोप लगाउनुभयो । उहाँले राज्यशक्तिको दुरुपयोग गर्दै कामचलाउ सरकारले स्थानीय सरकारलाई हतोत्साहित गरेर कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले राज्यको सम्पत्तिको दुरुपयोग गर्ने चालखेल भईरहेको बताउनुभयो । यस्तै संघीय सरकारको बजेटमा भरतपुर महानगरपालिकाको स्वामित्वमा रहने गरी भरतपुर–१० स्थित जिल्ला समन्वय समितिको पछाडी ४ विगाहा ४ कठ्ठा क्षेत्रफलमा सुविधासम्पन्न सभाहल (सिटी हल) निर्माण भइरहेको छ भने गोन्द्रा–नारायणगढ ६ लेन सडक खण्ड निर्माणको काम पनि धमाधम भइरहेको छ ।








