काठमाडौं ।प्रतिनिधि सभाको विघटनविरुद्ध नेपाली कांग्रेसले काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा विरोधसभा गरेको छ ।
सहिद दिवसकै दिन गरिएको विरोधसभामा सहीदको फोटोमा माल्यार्पण र मौनधारण गरेर शुरु गरिएको थियो ।
विरोधसभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य गगन कुमार थापा, प्रदीप पौडेल लगायतको उपस्थिति रहेको थियो ।








