नवलपुर । स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले अब सरकारले स्वास्थ्य सामाग्रि पारदर्शि रुपमा खरिद गर्ने बताउनुभएको छ । शुक्रवार मध्यविन्दु जिल्ला अस्पताल अवलोकन गर्न नवलपुर आउनुभएका स्वास्थ्य मन्त्री त्रिपाठीले स्वास्थ्य सामाग्रि खरिदमा अब कुनै अपारदर्शिता नहुने र कुनै विवाद नआउने बताउनुभएको छ । खरिद गरिने सामाग्रि सिधै सरकार मार्फत कम्पनि मार्फत खरिद गरिने हुदा खरिद पारदर्शी हुने जानकारी दिनुभयो ।
उहाले आफु मन्त्री हुदा स्वास्थ्यका विषयमा कुनै विवाद आउने काम नगर्ने समेत जिकिर गर्नुभयो ।अहिले स्वास्थ्य क्षेत्रमा समस्या भनेको स्वास्थ्य कर्मिहरुको समायोजन रहेको भन्दै सरकारले यसको हल चाडै गर्ने बताउनुभयो । अझै पाँच हजार भन्दा बढिको समायोजन समस्या भएको बताउदै मन्त्री त्रिपाठीले स्वास्थ्य मन्त्रालयले बनाएको मापण्ड तयार पारेको र मन्त्रीपरिषद्ले पास गरि सकेको हुदा संघियमामिला र स्वास्थ्य मन्त्रालयले यो समाधान गर्ने बताउनुभयो ।
समायोजन संसोधनको कानुनि व्यववस्था नभएको हुदा समायोजन मिलानमा आफुहरुले लाग्ने मन्त्री त्रिपाठीले बताउनुभयो । मन्त्री त्रिपाठीले कोभिड १९ विरुद्ध प्रदान गरिएको खोपको उचित तरिकाले प्रयोग गर्न चिकित्सकलाई सुझाब दिनुभयो । कोभिडविरुद्धको खोप अहिलेको समयमा बहुमुल्य भएको कारण सबैले पुग्ने र सबैले पाउने गरि यसको प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले कोभिडको समयमा स्वास्थ्यकर्मिहरुले अग्रपंतिमा रहेर गरेको कार्यलाई सरकारले सधै स्मरण गर्ने र स्वास्थ्यकर्मीहरुलाई परेका समस्या हल गर्ने बताउनुभयो ।








