चितवन। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चितवन आउने भएका छन् । भरतपुरको नारायणगढ गोन्द्राङ्ग ६ लेन सडक र सिटि हलको शिलान्यास कार्यक्रम र नेकपाको कार्यकर्ता भेलातथा जनसभालाई सम्बोधन गर्न चितवन आउन लागेका हुन ।
यसैलाई मध्यनजर गरेर चितवनको सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तिराज गुरुङका अनुसार ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘एकीकृत सुरक्षा व्यवस्था गरेर नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान र आवश्यकता अनुसार नेपाली सेना परिचालन भएको छ,’ प्रमुख गुरुङले भने ‘कार्यक्रम स्थललाई सुरक्षित राख्ने र कुनै पनि प्रकारका विरोध हुन नदिने गरी तयारी गरेका छौ । यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिमार्फत पनि सुरक्षा सतर्ककता अपनाईएको छ ।
शिलन्यास पश्चात शनिबार नै भरतपुरको केन्द्रीय बस टर्मिनलमा जनसभा समेत आयोजना गरीदै छ । मध्यान्ह १२ः३० बजे सो जनसभा पनि प्रधानमन्त्री ओलीले नै सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शनिवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, र शहरी विकास मन्त्री प्रभु साहलगाएतका शिर्ष नेताहरु चितवन आउदैछन् ।








