काठमाण्डौ । काठमाडौंमा मोटरसाइकल घरमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुली घर भई भक्तपुर बस्ने ३१ वर्षका निराजन बराल रहेका छन् ।
उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ अमरसिंह चोकमा बा ५ ख ४३ ७३ नम्बरको टिपरलाई साइड दिने क्रममा बराल सवार बा ९३ प ३३१० नम्बरको मोटरसाइकल घरमा ठोक्किएको थियो ।








