काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद गरिएको छ ।
आइतबार नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका काठमाडौं कलंकी स्थायी ठेगाना भएका आशिष खाती क्षेत्रीको साथबाट चेकिंगको क्रममा स्रोत नखुलेको उक्त नगद बरामद गरिएको हो ।
प्रहरीले उक्त रकम आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाएको छ ।








