भरतपुर । नारायणगढ मुग्लिन सडक अन्तर्गत भरतपुरको-१ आंपटारीमा पहिलो तौल पुल सन्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङले आज(आइतबार) तौल पुलको उद्घाटन गर्नुभयो । कानुनत मालबाहक सवारी साधनले प्रति एक्सल १० दशमलव २ टनभन्दा बढी वजन लिएर चलाउन नपाउने व्यवस्था छ ।
मन्त्री नेम्वाङले नयाँ बाटोहरुलाइ प्रविधिमैत्री बनाउने बताउनुभयो । उहाँले अन्य सडकहरुमा समेत तौल पुल बनाइने बताउनुभयो । तौलपुलले सडक संरक्षण र दुर्घना न्युनिकरणमा सघाउने बताउनुभयो । मन्त्री नेम्बाङले वर्तमान सरकारले चितवनलाइ विकासको मोडेल जिल्ला बनाउन लागिपरेको बताउनुभयो । चितवनमा यातायात व्यवस्था कार्यालय निर्माण गर्न सरकार तयार रहेकाले प्रक्रिया जारि रहेको बताउनुभयो ।
आंपटारीको जग्गाको स्वामित्व लिने प्रक्रिया पूरा भए लगत्तै कार्यालय स्थापना हुने बताउनुभयो । ८० टन क्षमताको १८ मिटरको लामो तौल पुल बनाइएको छ । १ करोड २१ लाखमा बनेको हो । सवारीको भार मापन गर्ने कार्यलाइ छिटै देशव्यापी बनाइने मन्त्रीले नेम्बाङले बताउनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक गगनबहादुर हमालले बढी भार लिएर कुद्ने सवारीलाई नियमन गर्न तौल पुल आवशक बनेको बताउनुभयो । विभागका निर्देशक तथा इन्जिनियर रामचन्द्र पौडेलले आपटारीमा बनाइएको तौलपुल सरकारी स्तरको देशकै पहिलो भएको बताउनुभयो ।
सवारीको अत्यधिक भारका कारण सडकको पेभमेन्ट अपेक्षित अवधिभन्दा पहिले जीर्ण हुने समस्या रोकिने अपेक्षा गरिएको छ । धेरैजसो मालवाहक सवारी तोकिएको भन्दा बढी वजन बोकेर चलाउने गरेको पाइन्छ । तौलपुल स्टेसनमा ३ जना कर्मचारी खटाइको छ । सुरुको एक महिना तोकिएको तौलमा मालवाहक सवारी चलाउन सचेतना फैलाइने पछि बढी वजन बोकेमा फिल्डमै कारवाहि गरिने जनाइएको छ । बर्दिवासमा अर्को तौलपुल निर्माणाधिन छ ।








