काठमाडौँ । आजबाट ‘आयोडिन मन्थ’ सुरु हुँदैछ ।
युनिभर्सल साल्ट आयोडाइज (युएसआई) का सदस्य राष्ट्रको रुपमा नेपालले प्रत्येक वर्षको फेब्रुअरीलाई आयोडिन मन्थको रुपमा मनाउने गर्दछ । नेपालले सन् १९९८ देखि हरेक वर्ष निरन्तर मनाउँदै आएको ‘आयोडिन मन्थ’ सोमबारदेखि सुरु हुन लागेको हो । आयोडिनको कमीका कारण नेपालमा विगतमा निकै ठूलो विकृति देखिँदै आएको थियो ।
सोमध्ये सबैभन्दा महत्त्वपूर्ण विकृतिको रुपमा रहेको भिजिबल गोइटर सज् १९८५/८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा यो घटेर ०.४ प्रतिशतमा सीमित भएको थियो । अहिले यो शुन्यमा झरिसकेको छ । सोमबारदेखि एक महिनासम्म चल्ने उक्त कार्यक्रममा कर्पोरेसनले नेपाल सरकारले जनस्वास्थ्यसम्बन्धी सबै निकाय, स्थानीय तह, विद्यालय, गैरसरकारी संस्था, नागरिक समाज लगायतसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।








