काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । पार्टी र चुनाव चिन्ह् सूर्यको आधिकारिकता दाबी गर्न समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल टोलीसहित निर्वाचन आयोग पुगेका हुन् ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकले निर्णय गरेअनुसार आज प्रचण्ड-नेपाल समूहका नेताहरु आयोग पुगेका हुन् । दुवै अध्यक्षसहित बर्षामान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु आयोग पुगेका छन् । बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिन्ह् आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ ।








