काठमाडौं । दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १५ जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । मंगलबार दिउँसो सिन्धुपाल्चोककाे सुनकोशी गाउँपालिकास्थित लामोसाँघु-जिरी सडकखण्डमा अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस तीव्र गतिका कारण सडकमै पल्टिएको प्रहरीले जनाएको छ । बसका चालक फरार रहेका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा भैरहेको प्रहरीले जनाएको छ ।








