• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

१० हजारलाई धनीपुर्जा वितरण गरिने

  •   बुधबार, माघ २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कनकाई । झापा कनकाईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय सरकार प्रमुख राजेन्द्र पोखरेलले विभिन्न बाधा व्यवधानका बीच पनि आफूहरुले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न लागेको बताउनुभयो ।

    नगरभित्रका बाटो सडक, बिजुली बत्ती, कृषि, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार निर्माणको कार्य तीव्र रुपमा भइरहेको भए पनि अब धनीपुर्जा वितरणको कार्य सम्पन्न भएसँगै निर्वाचनका समयमा जनप्रतिनिधिले गरेको प्रतिबद्धता पूरा हुने नगर प्रमुख पोखरेलले बताउनुभयो । हाल कनकाईका सबै वडामा लगत सङ्कलन तथा दर्ता शिविरको कार्य तीव्रताका साथ भइरहेका कारण यसै आर्थिक वर्षभित्रमा कनकाई नगर क्षेत्रका १० हजारभन्दा बढी घरपरिवारलाई जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने तयारी भइरहेको नगर प्रमुख पोखरेल बताउनुहुन्छ ।

    नगरका सबै वडामा सजिलो र छिटो हुने प्रविधि टोटल स्टेशनबाटै जिपिएस प्रविधिबाट जग्गा नाप्ने काम समेत सम्पन्न भइसकेकाले हाल वडा कार्यालयमा अन्य सेवाभन्दा पनि यसै कार्यका लागि थप कर्मचारीको व्यवस्थापन गरी दर्ता शिविर नै सञ्चालन गरिएको बताइएको छ ।

    प्रदेश नंं १ को कनकाई र उदयपुरको बेलका नगरपालिकामा मात्रै यो प्रविधिबाट जग्गा नापजाँच गरी धनीपुर्जा वितरणको अन्तिम तयारीमा नगरपालिका जुटिरहेको बताइएको छ । आफूसँग जमीन भए पनि धनीपुर्जा नभएका कारण सिँचाइका लागि मिटरबक्स जडान गर्ने कार्यमा समस्या आएको साथै बैंकिङ प्रयोजनका लागिसमेत धनीपुर्जा नहँुदा दुःख पाएको गुनासो सुनाउँदै कनकाई–७ की स्थानीयवासी तारा काफ्ले तथा छोरा मोहन काफ्लेले स्थानीय सरकारले देखाएको सक्रियताप्रति खुशी व्यक्त गर्नुभएको छ ।

    वर्षौदेखि जमीन जोतभोग गरिरहेको भए पनि धनीपुर्जा नहुँदाको अवस्थामा भोगेको पीडा सुनाउँदै काफ्लेले ढिलै भए पनि अब घर–घरमा सिंहदरबार आए झैं महसुस हुन थालेको बताउनुभएको छ । बसोबास भएको जमीनको धनीपुर्जा नहुँदा जे–जति समस्या झेल्नु परे पनि भावी पुस्ताका लागि अब सहज हुने आशा पलाएको स्थानीयवासी बताउँछन् ।

    जतिसक्दो चाँडो स्थानीयवासीलाई धनीपुर्जा वितरण गर्ने कार्यमा जनप्रतिनिधिका तर्फबाट आफूहरु लागेको बताउँदै स्थानीय सरकार प्रमुख पोखरेलले यो ऐतिहासिक कार्यका लागि सम्बन्धित सबैसँग धैर्यताका साथ एकजुट हुन आग्रह गर्नुभएको छ ।

    कनकाई नगर क्षेत्रमा वषौंदेखि जोतभोग भइरहेका जमीनको धनीपुर्जा वितरणका लागि यसअघि पनि विभिन्न चरणमा आएका भूमिसम्बन्धी समस्या समाधान आयोगले धनीपुर्जा वितरणको काम गर्न नसक्दा स्थानीयवासीले गुनासो गर्दै आएका थिए । यसपटक पनि वर्तमान अवस्थामा देशको राजनीतिमा देखिएको विचलनका कारण धनीपुर्जा वितरणमा समस्या त आउँदैन रु भन्ने जिज्ञासामा स्थानीय सरकार कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले अब कनकाई नगर क्षेत्रमा धनीपुर्जा वितरणको काममा राष्ट्रिय राजनीतिले कुनै असर नपार्ने बताउनुभयो ।

    आवश्यक प्रक्रिया पूरा गरी स्थानीय सरकारका तर्फबाट सम्बन्धित व्यक्ति तथा परिवारलाई बसोबास र जोतभोगका आधारमा जग्गाधनी दर्ता पूर्जा वितरण गरेरै आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउँदै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले नगरवासीलाई सकारात्मक सोचका साथ ढुक्क रहन अनुरोध गर्नुभएको छ ।

    बसोबासका लागि बढीमा एक कठ्ठा र कृषियोग्य जमीनका लागि पाँच कठ्ठा १८ धुर जमीन जोतभोगका आधारमा कनकाईवासीले निःशुल्क पाउने र बढीमा डेढ बिघासम्म जमीन केही सीमित शुल्क लिएर धनीपुर्जा वितरण गरिने तयारी रहेको नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो ।(रासस)

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.