चितवन। जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईलेओलीको संसद बिगठन राजाहरुले गरेको भन्दा कडा प्रतिगमन भएको बताउनुभयो । आज भरतपुरमा जिल्लाका कार्यकता भेटघाट कार्यक्रममा बोल्दै उहाँले चितवन दोन्द केन्द्रको रुपमा रहेको बताउनुभयो । देश प्रतिकान्तिको दिशातिर उनमुख भई रहेको भन्दै उहाँले हिजो माहाराजाहरुबाट देश प्रतिगमन भईरहेको थियो आज ओली सरकारले गरेको बताउनुभयो ।
उहाँले तानाशाह सरकारले निर्वाचन घोषणा गरेपनि निर्वाचन हुने सम्भावना नरहेको बताउनुभयो । प्रचण्ड-नेपालले केपी ओलीसंग सम्बन्धविच्छेद गरे सबै पार्टी मिलेर प्रतिगमन सच्याउन आवस्यक रहेको जीकिर गर्नुभयो । उहाँले देशमा संयुक्त जनआन्दोलनको आवश्यकता रहेकोमा जोड दिनुभयो । सरकारसगँ संविधान बिघटन गर्ने अधिकार नभएको उहाँले बताउनुभयो ।
पूर्व प्रधानमन्त्री डा भट्टराईले अब देशमा जनताको त्याग र बलिदानको आवश्यक रहेको बताउनुभयो ।








