काठमाडौं । आम हड्ताल सफल बनाउन बन्द गराउँदै हिँडेका दाहाल-नेपाल पक्षका ७० जनाभन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीले कलंकीबाट नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु पक्राउ परेका गरेको छ । यस्तै, अन्य चोकबाट पनि अवाञ्छनीय गतिविधि र बन्द गराउँदै हिँडेका केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान गोंगबूमा अज्ञात समूहले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् भने गोंगबुमा टाटासुमो तोडफोड गरिएको छ ।








