काठमाडौं । सरकारले तामाङ्ग समुदायको पर्व सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा माघ ३० जते सार्वजनिक विदा दिने निर्णय गरेको हो।
ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको सार्वजनिक विदा ३ वर्षअघि कटौती गरिएको थियो । यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा विदा दिइँदै आएको थियो ।








