चितवन । भरतपुरको कवर्डहलमा खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला व्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गरीएको हो । आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलि (बुधबार) देखि फागुन १ गतेसम्म प्रतियोगिता हुने जानकारी गराईएको हो ।
प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गर्नहुने छ । प्रतियोगितामा देशभरका ३ सय जना खेलाडीहरुले आठ वटा बिधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख १५ हजार, दोस्रो हुनेलाई रु ५५ हजार र तेस्रो हुनेलाई रु १५ हजार नगद, ट्रफि र सम्मान पत्र प्रदान गरिने चितवन जिल्ला व्याडमीन्टन संघका अध्यक्ष भरत मल्लले जानकारी दिनुभयो ।
प्रतियोगितामा १७ वर्ष देखि ४५ वर्ष उमेर समुहका खेलाडीहरुले फरक फरक विधामा प्रतिष्पर्धा जनाउन सक्ने उहाँकोभनाई छ । प्रतियोगितामा रु ८ लाख १९ हजार खर्च लाग्ने अनुमान गरीएको मल्लले बताउनुभयो ।








